कास्कीको खुइतेखोलामा पुलको शिलान्यास

पाेखरा | फागुन २७, २०८०

कास्कीको खुइतेखोलामा पुलको शिलान्यास

पोखरा:     पोखरा महानगरपालिकाको सातौँ स्थापना दिवसका अवसरमा खुइते खोला (घट्टे खोला) पुलको शिलान्यास गरिएको छ । 


पोखरा महानगरपालिका वडा नं. १९ को लामाचौर माछापुच्छ्रे सडक खण्डमा पर्ने खुइते खोला (घट्टे खोला) मोटरेवल पुलको नगर प्रमुख धनराज आचार्यले शिलान्यास गरेका हुन् । 

 
रु २ करोड ८२ लाख ९७ हजार १३१ को लागतमा निर्माण सम्पन्न हुने पुल ८ दशमलव ४ मिटर चौडा र १६ मिटर लम्बाइको हुनेछ । पुलको दुवै तर्फ १।२ मिटरको फुटट्रयाक पनि हुनेछ । सिङ्गल स्पानको डवल लेन पुल निर्माणको काम २०८१ को कात्तिक भित्र सम्पन्न हुनेछ । पुलको उचाइ जमिन बाट ११ मिटर अग्लो हुनेछ । 


खुइतेखोलामा निमार्ण हुने पुलले पोखरा महानगरपालिकाको माथिल्लो क्षेत्र र माछापुच्छ्रे गाउँपालिकालाई दिर्घकालिनमा रूपमा जोड्ने विश्वास गरिएको छ । त्यस क्षेत्रको कृषि उपजहरूको बजारीकरण र पर्यटन प्रवर्द्धनात्मक गतिविधिहरूमा यसको यसको योगदान उल्लेखनीय हुनेछ ।

काठमाडौँ:  रास्वपाबाट आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार रहेका बालेन्द्र शाह (बालेन) काे चुनावी प्रचारमा हिँडेका चलचित्र पत्रकार दिनेश सिटौलाको निधन भएको छ ।   ग्रान्डी अस्पतालका अनु...

थप पढ्नुहोस्

पोखरा:   २५औं आहा! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता यही माघ २७ गदेखि सुरु हुने भएको छ ।   मोफसलको प्रतिष्ठित सहारा क्लबले आयोजना गर्ने २५ औं संस्करणको प्रतियोगिताको तिब्र पारिएको प...

थप पढ्नुहोस्

काठमाडौं : नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।   यसदिन सुन तोलामा १८ हजार ८०० रुपैयाँले घटेको हो।   मूल्य घटेसँगै एक तोला सुनको भाउ ३ लाखमा झरेको छ। अघिल्लो साता...

थप पढ्नुहोस्